सुनको मूल्य प्रतितोला रू तीन सयले बढ्यो
काठमाडाैं | माघ १६, २०७९
काठमाडौं: नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख छ हजार तीन सय पुगेको छ ।
अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू तीन सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख पाँच हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिनको मूल्य रू एक लाख पाँच हजार पाँच सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रू एक हजार तीन सय ६५ कायम रहेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
पोखरा । पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ । रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई...
नागढुंगा-सिस्नेरी सुरूङमार्ग उद्घाटन भएको छ। आइतबार बिहान विशेष समारोह गरी नेपालकै पहिलो आधुनिक सुरूङमार्ग उद्घाटन गरिएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजद...
कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ। स्थानीयवासीको सहयोगमा घट...

